कोरियामा दुई दिनमा तीन नेपालीको मृत्यु

जेठ ११,२०७५

-

११ जेठ , २०७५

कोरिदक्षिणयामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ ।

लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए ।

यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो । थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले किचेको थियो ।

मंगलबारै सोलुखुम्बु मुक्लीका नरेश राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।