ट्रम्प र किम सिंगापुरमा

जेठ २८,२०७५

-

२८ जेठ , २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् ।
 
क्यानडामा भएको जी-सेवेन बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिंगापुर ओर्लेका हुन् । 

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको पाँच घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सिंगापुरका अधिकारीले किम कुन जहाजमा आईरहेका छन् भन्ने यकिन नभएकोले अन्दाज गर्दै बसेको जनाएका थिए । 

उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज आएका थिए ।

तर उत्तर कोरियाली अधिकारले किम तीमध्ये कुन जहाजमा यात्रा गर्दै छन् भन्नेबारे जानकारी गराएका थिएनन् ।