ट्रम्प र किमबीच वार्ता सम्पन्न

जेठ २९,२०७५

-

 
 जेठ २९, २०७५ एजेन्सी । 
 
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।
 
दुबैले एक अर्कासँग हात मिलाएर भेटवार्ता सुरु गरेका थिए । भेटवार्तामा जनुअघि होटलको लाइब्रेरीमा दुबै नेताले छोटो पत्रकार सम्मेलन राखेका थिए ।
 
उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो ।
अहिले किम र ट्रम्प आफूसँगै आएका वरिष्ठ सल्लाहकार र सहयोगीसँग बैठक गरिरहेका छन् ।
 
एनपीआर न्यूजका लागि ह्वाइट हाउस संवाददाताले ट्रम्पलाई बैठक कस्तो चलिरहेको छ भनी प्रश्न सोध्दा ‘अत्यधिक अत्यधिक सफल । उत्कृष्ट सम्बन्ध’ भनी जवाफ दिएको बताए ।