ट्रम्प र किमबीच चार बुँदे सम्झौता, दुई देशको तनाव अन्त्य भएको दाबी

जेठ २९,२०७५

-

 जेठ २९, २०७५ काठमाडौं । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच भएको ऐतिहासिक भेटवार्ता पछि आयोजना गरिएको एक समारोहमा दुवैले एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले  यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको लागि ‘सम्मान’को कुरा भएको बताएका छन् ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अध्यक्ष किम जोङ्ग उनबीच भएको सहमतिका बुँदा 
 
१.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया दुई देशका जनताहरुको शान्ति र सम्बृद्धिको लागि रहेको चाहना अनुरुप नयाँ सम्बन्ध विकास गर्न प्रतिबद्धता जनाउछौं । 
 
२.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा दीर्घकालिन र स्थीर शान्तिको अवस्था निर्माणको लागि मिलेर काम गर्नेछौं । 
 
३.२०१८ अप्रिल २७ को प्यानमुन्जोम घोषणापत्रलाई पुनः जोड दिदै लोकतान्त्रि जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा पूर्ण आणविक निशस्त्रिकरण तर्फ काम गर्ने प्रतिबद्धता जनाउँछ । 
 
४.संयुक्त राज्य र लोकतान्त्रि जनगणतन्त्र कोरियामा बाँकी रहेका युद्धबन्दी र सेवामा रहँदा हराएकाहरुलाई पुनप्राप्त गर्नको लागि प्रतिबद्ध छौं । यसमा र, पहिले पहिचान भइसकेकाहरुलाई तत्काल क्षतिपुर्ति प्रदान गरिनेछ ।
 
सहमतिमा हस्ताक्षर गरिसकेपछि रिपोर्टरहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले किमलाई ‘आफ्नो देशलाई माया गर्ने’ ‘एक प्रतिभावन व्यक्ति’ को रुपमा पाएको जनाउँदै “अब हामी भविष्यमा धेरै पटक भेट्नेछौं ,”  भने ।
संयुक्त सम्झौतापत्रमा हस्तक्षर गर्दै ट्रम्पले दुई देशबीचको वार्ता फलदायी भएको बताएका छन् ।
उनले दुई देशको वार्ता सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाले आफ्नो देशको आणविक कार्य अन्त्य गर्ने बताएको छ भने अमेरिकाले उत्तर कोरियाका लागि विशेष सुरक्षा दिने प्रत्याभूति दिएको छ ।
 
ट्रम्पले आणविक कार्यको अन्त्य छिट्टै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उत्तर कोरियाका अधिकारी र अमेरिकी अधिकारीबीच आणविक कार्यको अन्त्य गर्ने विषयमा चाँडै नै भेटवार्ता हुने बताइएको छ । 
 
झण्डै पाँच घण्टाको अप्रत्यासित वार्तामा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुबीच नयाँ मित्रता बढेको बताएका हुन् । ‘हामी दुवैजना मिलेर केही गर्न चाहन्छौं । हामीले केही गर्दैछौं । र हामीले विशेष खालको सम्बन्ध बनाएका छौं’, ट्रम्पले भनेका छन् ।
 
एजेन्सी