सन् २०२० सम्म उत्तर कोरियाले परमाणु निःशस्त्रीकरण गर्ने अमेरिकी आशा

36 Views

६ दिन अगाडि




जेठ ३१,२०७५ ताप्लेजुङ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आगामी साढे २ वर्ष्भित्रै उत्तरकोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने आशा व्यक्त गरेका छन् ।
 
दक्षिण कोरियाको भ्रमणमा रहेको अमेरिकी विदेशमन्त्री पोम्पियोे उत्तर कोरियासँगै अझै ठूलो सम्झौता हुन बाँकी नै रहेको बताए ।
 
उनले अमेरिकाले सन् २०२० सम्म ठूलो मात्रामा परमाणु हतिथार नष्ट गर्नुपर्ने बताए । यो काम साढे २ वर्षमा गर्न सम्भव रहेको उहाँको भनाइ थियो ।
 
अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको ऐतिहासिक वार्ता भएको एक दिनपछि आएको हो ।
 
सिंगापुरमा भएको दुई नेताबीचको ऐतिहासिक वार्तामा कोरियाली प्रायःद्वीपलाई परमाणु हतियार मुक्त गर्ने दिशामा अघि बढ्ने सहमति भएको थियो ।
 
तर उत्तर कोरियाले कहिले र कसरी आफू निशस्त्रीकरण हुने भन्ने खुलाएको छैन । यसैलाई लिएर दुई नेताबीच भएको सम्झौताको आलोचनासमेत हुने गरेको छ ।
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उत्तर कोरियासँग भएको सहमतिपछि अब परमाणु खतरा नरहेको र सबै जना सुरक्षित भएको महसुस गरेको प्रतिक्रिया दिएका थिए । एजेन्सी