एसबीआई बैंकको एटीएमभित्रको १२ लाख मुसाले काट्यो

आषाढ ०६,२०७५

-

 असार ६, २०७५ एजेन्सी ।
 
 
भारतको असममा स्टेट बैंक अफ इन्डिया ९एसबीआई० को एटीएममा मुसाले १२ लाख भारतीय नोट काटेको छ ।
 
घटना जून ११ को  बताइएको छ । यसको फोटो कसैले सोसल मिडियामा हालेपछि भाइरल भएको थियो ।
 
जानकारीका अनुसार तिकसुकियाको एसबीआई एटीएम मेसिनले काम नगरेको जानकारी पाएपछि कर्मचारी मेशिन बनाउन पुगे । जब मेसिन खोलियो तब कर्मचारी अचम्ममा परे ।
 
मेसिन खोल्दा मुसाले काटेका पाँचसय र दुई हजारका भारतीय नोट भेटिएको बताइएको छ ।  यसबारे एक बैंक अधिकारीले तिनसुकियाको लैपुली इलाकाको एटीएम मे २० तारिखदेखि प्राविधिक गडबडीका कारण बन्द भएको जानकारी दिए ।   
 
स्रोतका अनुसार समस्याबारे जानकारी पाएपछि जून ११ मा एटीएमको रेखदेख गर्ने कम्पनी ग्लोबल बिजनेस सोलुशन ९जीबीएस० का कर्मचारी मेसिन बनाउन जाँदा घटना सार्वजनिक भएको हो ।
 
बैंक अधिकारीले घटनाको पुष्टि गर्दै १२ लाख ३८ हजारका नोटलाई मुसाले काटेको बताए । जीबीएसले १९ मे मा २० लाख भारु मेसिनमा हालेको भोलिपल्टदेखि नै एटीएमले काम गर्न बन्द गरेको बताइएको छ ।  
 
घटनाको छानबिनका लागि तिनसुकियाको पुलिस थानामा एफआइआर दर्ता गरिएको छ ।
 
 
 
 
एजेन्सी