विश्वकप फुटबल २०१८

विश्वकप २०१८ का रोमान्चक तथ्यहरु

३२ टोलि मध्ये स्पेनले सबै भन्दा बढी २२७७ पास खेलेको छ भने इरानले सबै भन्दा कम ६४७ पास मात्र खेलेको छ ।

आषाढ १५,२०७५

-Manose Sedhain

१५ असार, २०७५

रसियामा जारी २१ औ संस्करणको विश्वकप अन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणमा खेलिएका ४८ खेल मध्ये ९ खेल बराबरीमा सकिए भने बाँकी ३९ खेलमा स्पस्ट हारजित भयो ।

समूह चरणमा फ्रान्स र डेनमार्क बिचको एक मात्र खेल गोलरहित बराबरीमा सकियो । सबै भन्दा ठुलो गोल अन्तरका रुपमा इंगलेन्डले पानामालाई ६-१ ले हरायो ।

समूह चरणमा सबै भन्दा बढी ९ गोल बेल्जियमले हान्यो भने १३ राष्ट्रले सबै भन्दा कम २ गोल फर्काए । अहिले सम्म १५ राष्ट्रले पेनाल्टीमार्फत गोल गरेका छन् जसमध्ये तीन राष्ट्रले पेनाल्टीबाट २ गोल गरे ।

समूह चरणमा उरुग्वे , क्रोएसिया र बेल्जियमले सबै तीन खेल जित्दा इजिप्ट र पानामा भने समूह चरणका सबै खेलमा पराजित भए । त्यसैले ३२ राष्ट्रमध्ये बिना अंक घर फर्किने टोलिमा इजिप्ट र पानामा रहे ।

समूह चरणमा कुल १२२ गोल भए जसमा आत्मघाती गोलको संख्या ९ छ । सन् १९९८ को विश्वकपमा सबै भन्दा बढी छ आत्मघाती गोल भएको थियो । यो विश्वकपले सन् १९९८ को उक्त क्रितिमान भंग गरिदिएको छ ।

अहिले सम्म ८६ जना खेलाडीले गोल गरिसकेका छन् जसमध्ये सबै भन्दा बढी इंगलेन्डका हेरी केनले ५ गोल गरेका छन् ।

समूह चरणमा सबै भन्दा बढी ११ पहिलो कार्ड खाने राष्ट्र पानामा रहेको छ भने सबै भन्दा कम १ मात्र पहेलो कार्ड खाने देश साउदी अरेवीया , स्पेन र उरुग्वे हुन् । अहिले सम्म तीन खेलाडीले रातो कार्ड खाएका छन् ।

३२ टोलि मध्ये स्पेनले सबै भन्दा बढी २२७७ पास खेलेको छ भने इरानले सबै भन्दा कम ६४७ पास मात्र खेलेको छ ।

समूह चरणका खेल सकिँदा पहिलो पटक विश्वकप खेलेका आइसल्याण्ड तथा पानामा र साबिक विजेता जर्मनीसहित १६ टिम बाहिरिएका छन् ।

२१ औ संसकरणको यो विश्वकपमा सहभागी पाँच मध्ये कुनै पनि अफ्रिकन टोलिले अन्तिम-१६ मा स्थान बनाउन सकेनन् । विश्वकप फुटबलको इतिहासमा सन् १९८६ पछि पहिलोपटक अफ्रिकन राष्ट्रले नकआउट चरणमा स्थान बनाउन नसकेका हुन् ।

१४ टोलि सहभागी रहेको युरोपबाट सबै भन्दा बढी दश टोलिले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । दक्षिण अमेरिकाबाट सहभागी पाँच मध्ये अन्तिम १६ मा नपुग्ने एक मात्र टोलि पेरु रहेको छ ।

तेस्तै  उत्तर अमेरिका र एसियाबाट एक-एक टोली नकआउट चरण प्रवेश गरेका छन् । उत्तर अमेरिका बाट मेक्सिको र एशिया बाट जापान नक आउट स्टेजमा पुग्न सफल भएकाछन् ।

नक आउट चरणका खेलहरु शनिबार रातिबाट सुरु हुनेछन् ।