विश्वकप फुटबल २०१८ :

स्पेनको अप्रत्याशित हार : रसिया क्वाटरफाइनलमा

आषाढ १८,२०७५

-

१८ आसर , २०७५

रसियामा जारी विश्वकप अन्तर्गत प्रिक्वाटरफाइनलमा रसिया  विजयी भएको छ ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बरबरीमा टुङ्गिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा रसियाले स्पेनलाई ४-३ ले पराजित गरेको हो ।

टाइब्रेकरमा कोकेले मिस गरेको पेनाल्टी आयोजक राष्ट्रका लागि क्वाटरफाइनलमा पुग्ने आधार बन्यो । कोकेको पेनाल्टीलाई रसियाका गोलरक्षक एकिनफेभले असफल बनाइदिएका थिए ।

टाइब्रेकरमा स्पेनका इनेष्टा, पिकं र रामोसको पेनाल्टी मिस भएन भने रसियाका समलोभ, सर्गी, समलोभ, चेरिसेभ चारै जनाले आआफ्नो पेनाल्टीलाई जाली चुमाएका थिए। 

हिजो भएको खेलमा स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा फ्रिकिकबाट आएको बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।

आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गर्‍यो । रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो । रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए ।

रसियाले अब क्वाटरफाइनलमा क्रोएशियाको सामना गर्नेछ ।