पछि हट्यो सरकार, रोकियो चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक

असार २१ भित्र प्रतिस्थापन विधेयक पारित नभए स्वतः निस्क्रिय भई यसअघि अध्यादेशअनुसार चिकित्सा क्षेत्रमा गरिएका व्यवस्था पनि खारेजमा पर्नेछन् ।

आषाढ १८,२०७५

-

१८ असार , २०७५

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिएपछि सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक रोकेको छ । सरकारले नियम निलम्बन गरी फास्ट ट्रयाकबाट आइतबार नै प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको थियो ।

प्रतिस्थापन विधेयकको विरोधमा डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेपछि प्रमुख विपक्षी कांग्रेसले विधेयकको विरोधमा संसद् अवरोध गर्ने चेतावनी दिएको थियो । असार २१ भित्र प्रतिस्थापन विधेयक पारित नभए स्वतः निस्क्रिय भई यसअघि अध्यादेशअनुसार चिकित्सा क्षेत्रमा गरिएका व्यवस्था पनि खारेजमा पर्नेछन् ।

वैशाख २३ मा संसद अधिवेशन सुरु भएपनि सरकारले शनिबार मात्र संसदमा प्रतिस्थापन विधेयक दर्ता गरेको थियो ।