विश्वकप फुटबल २०१८

बेल्जियमको संघर्षपूर्ण जित : जापानको कडा चुनौती

२-० ले अघि रहेको जापानले अन्तत बेल्जियमलाई रोक्न सकेन ।

आषाढ १९,२०७५

-

१९ जेठ , २०७५

रसियामा जारी विश्वकप अन्तर्गत हिजो सम्पन्न जापान तथा बेल्जियमबीचको रोमाञ्चक खेलमा अन्तत: बेल्जियमले ३-२ को जित हात पारेको छ ।

खेलको इन्जुरी समयमा बेल्जियमले काउन्टर एट्याकमा खुकुलो जापानी डिफेन्सको फाइदा उठाउँदै गोल गरेपछि बेल्जियमले ३-२ को नतिजा निकालेको हो ।

खेलको ९४ औं मिनेटमा काउन्टर एट्याकमा गोल खानुअघि जापानले बेल्जियमविरूद्ध कर्नर पाएको थियो र उसका प्राय: सबै खेलाडी बेल्जियमको पोस्टमा थिए । बेल्जियमले त्यसैको फाइदा उठाउँदै जापान विरूद्ध विजयी गोल गर्‍यो । बेल्जियमका लागि उक्त निर्णायक गोल नासेर चडालीले गरे ।

अन्तिम समयमा नतिजा बेल्जियमको पक्षमा भएपनि जापानले गयराती सम्पन्न खेलमा बेल्जियमलाई गतिलो टक्कर दियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन मिनेटभित्र जापानले  दुई गोल गर्यो । नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्र जापानका लागि हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । तेस्को ३ मिनेट नबित्दै जापानका इनुले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

लगातार दुई गोल गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावना मजबुत बनाएको जापानले तेसपछि बेल्जियमलाई रोक्न कुनै कसर बाँकि राखेन । तर गोल खाएपछि थप आक्रामक देखिएको बेल्जियमले ५ मिनेट भित्र लगातार २ गोल गर्दै खेल बराबरी ल्यायो ।

बेल्जियमका लागि पहिलो गोल भेर्टङ्गनले खेलको ६९ औं मिनेटमा गरे । तेस्तै फेलानीले ७४ औं मिनेटमा हेडरमार्फत बेल्जियमका लागि दोस्रो गोल गरे ।

अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमले शुक्रबार कजान रंगशालामा ब्राजिलको सामना गर्नेछ ।