ट्रम्पले किम जोंगले लेखेका चिठ्ठीलाई ‘निकै राम्रो’ भनी सेयर गरे

आषाढ २९,२०७५

-

 असार २९, २०७५ एजेन्सी ।
 
 
बीबीसी
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनले लेखेको एउटा चिट्ठी ट्वीटरमा साझा गरेका छन् । उक्त चिट्ठीमा किम जोंग– उनले अमेरिकासँग द्वीपक्षीय सम्बन्धमा ‘एउटा नयाँ भविष्य’ को आशा जताएका छन् ।
 
जुलाई ६ तारिखमा लेखिएको उक्त चिट्ठीलाई अमेरिकी राष्ट्रपतिले ‘निकै राम्रो’ लेखेर सेयर गरेका छन् ।
 
तर उक्त चिट्ठीमा उत्तर कोरियाको तर्फबाट परमाणु निशस्त्रीकरणको प्रयासको कुनै कुरा उठाइएको छैन । जबकी गत महिना जूनमा ट्रम्प र किमको सिंगापुरमा भएको ऐतिहासिक भेटघाटको मुख्य एजेन्डा यहि थियो ।
 
निश्शस्त्रीकरणको मुद्दा के त  
 
जून १२ तारिखमा सिंगापुरमा दुबै नेताले एउटा सम्झौतामा दस्तखत गरेका थिए जसमा कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरणको कुरा पनि समावेश थियो ।
 
त्यसको बदलामा अमेरिका दक्षिण कोरियामा आफ्नो सैन्य अभ्यास बन्द गर्न राजी भएको थियो ।
 
यद्यपी, पछि थुप्रै आलोचकले डोनल्डा ट्रम्प उत्तर कोरियाली नेतासँग परमाणु हतियारलाई नष्ट गर्ने विषयमा ठोस् आश्वासन लिन असफल भएको आरोप लगाए ।
 
 
एजेन्सी