६६ वर्षदेखि पालिएको भारतीय नागरिकको विश्वकै लामो नङ्ग काटियो

रिप्लीज विलिभ इट अर नट म्युजियममा राखिने

आषाढ २९,२०७५

-

 असार २९, २०७५ एजेन्सी । 
 
तिनीहरूलाई बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन । 
 
बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका भारतको पुणे निबासी श्रीधर चिल्ललले अन्ततः आफ्ना नङ्गहरु काटे । 
 
अझै ठ्याक्कै भन्ने हो भने अनुहारमा मुखौटा लगाएका एक प्राविधिकले   सावधानीपूर्वक नङ्गलाई हटाए । 
 
यो कार्य न्यूयोर्कमा विशेष कार्यक्रममा माझ सम्पन्न गरिएको थियो ।
 
८२ बर्षीया चिल्ललले १४ वर्षको उमेरदेखि आफ्नो बायाँ हातको नङ्ग बढाउदै आएका थिए ।
 
उनलाई यो कार्य गर्ने प्रेरणा उनले एक पटक आफ्नो एक शिक्षकको पालिरहेका नङ्ग भाचिदिए पछि शिक्षकको बचनले आएको थियो । शिक्षकले चिल्लरलाई आफैले नपालेसम्म नङ्ग लामो पाल्न कति कठिन हुन्छ थाहा हुँदैन भनेर रिस व्यक्त गरेका थिए । 
 
शिक्षकको भनाईले चिल्लरको मन छोयो । त्यसपछि पाल्न थालेको उनको नङ्ग अघिल्लो पटक नाप्दा २९ फिट १०।१ इन्च लामो थियो । उनको सबैभन्दा लामो नङ्ग उनको बुढी औलामा थियो ।
 
 
 
तर यत्रो नङ्ग लिएर बाँच्नु सजिलो काम भने थिएन । चिल्लरका अनुसार उनको नङ्ग यति कमजोर थियो कि सुत्दा नभाच्चीयोस् भनेर उनी उनी ख्याल गरेर सुत्थे । उनले भने स् “नङ्गको सुरक्षाको लागि मैले धेरै हलचल गर्नु हुँदैनथ्यो । त्यसैले हरेक आधा घण्टामा म उठ्थें र हात अर्को तर्फ फर्काउथेँ ।” उनी यसै कारण नित्य पीडामा हुन्थ्यो । तर उनको नङ्गले केही फाइदा पनि ल्याउँथे । “मैले कहिले पनि लाइनमा उभिनु परेन ,” उनले गिनिज बुक रेकर्डस्सँगको कुरामा भने ।
 
यो ऐतिहासिक नङ्ग काट्ने समारोह टाइम्स स्क्वायरस्थित रिप्लीज विलिभ इट अर नट संग्रालयमा सम्पन्न भएको थियो । चिल्ललको काटिएको लामो नङ्ग यहीँ सार्वजनिकमा प्रदर्शनमा राखिनेछ । 
 
 
 
 
 
 
 
 
 
एजेन्सी