चेल्सीका प्रशिक्षक कोन्टे बर्खास्त

आषाढ २९,२०७५

-

असार २८, २०७५काठमाडौं ।
 
 
  
इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टे बर्खास्त भएका छन्। दुई सिजन प्रिमियर लिगमा बिताएका कोन्टेलाई क्लबले बुधबार बखास्त गरेको हो।
 
क्लबसँग एक वर्षको सम्झौता बाँकी रहँदै कोन्टे बर्खास्तीमा परेका हुन् ।
 
क्लबले उनको नेतृत्वमा रहेको बेला पहिलो सिजनमै प्रिमियर लिगको उपाधि जितेको थियो।
 
उनले दोस्रो सिजनमा पनि क्लबलाई एफ ए कपको उपाधि जिताएका थिए। यस्तै चेल्सीले पाँचौ स्थानमा रहदै पछिल्लो सिजन लिगको अन्त्य गरेको थियो।
 
यसैबीच अब चेल्सीको नेतृत्व इटालिनय प्रशिक्षक माउरिजियो सररीले सम्हाल्ने सम्भावना बढेको छ।
 
नेपोलीका अध्यक्ष औरिलियो डि लौरेन्टाईसले प्रशिक्षक सररीले चेल्सी सम्हाल्ने खुलासा गरिसकेका छन्। एजेन्सी