विश्वकप फुटबल २०१८ समाप्त :

क्रोएसियालाई ४-२ गोलले पराजित गर्दै फिफा विश्वकपको उपाधी फ्रान्सले चुम्यो

आषाढ ३१,२०७५

-

फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेको छ । फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।
 
रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो । 
 
फ्रान्सलाई उपाधि दिलाउन एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।
 
खेलको ६९औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई ४–२ गोलको स्थितिमा पुर्याएका थिए । फ्रान्सका किपरको गल्तिको फाइदा उठाउँदै मारियोले गोल गरेका थिए । 
 
फ्रान्सका लागि किलियन एमबाप्पेले खेलको ६५औं मिनेटमा गोल गर्दै ४–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५९औं मिनेटमा पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाएका थिए । पोग्बाले प्रहार गरेको बल क्रोएसियाका खेलाडीले रोकेका थिए । दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।
 
यसअघि पहिलो हाफमा फ्रान्सले २–१ गोलको अग्रता बनाएको थियो । खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेका थिए । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । 
 
१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो । 
 
खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । क्रोएसियाले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको थियो ।
 
यसअघि फ्रान्सले सन् १९९८ मा विश्वकप फुटबलको उपाधि उचालेको थियो । 

 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News