कर्णवेध संस्कार, महत्व एवं परिचय !

आश्विन ०८,२०७५

-माधव प्रसाद गर्तौला

८ असोज २०७५ काठमाण्डौ l 

 

(9) कर्णवेध संस्कार

हिंदू धर्म संस्कारहरुमा कर्णवेध संस्कार नवम संस्कार हो l यो संस्कार कर्णेन्द्रिय (कान) मा श्रवणशक्तिको वृद्धि, कानमा आभूषण धारण गर्ने तथा स्वास्थ्यरक्षाका लागि गरिन्छ l विशेषगरि कन्याहरुका लागि कर्णवेध नितांत आवश्यक मानिएको छ l यसमा दुबै कानलाई छेडेर उसको नसालाई ठीक राख्नका लागि त्यसमा सुवर्ण कुंडल धारण गराइन्छ l यसले शारीरिक लाभ मिल्छ l

 

कर्णवेध संस्कार उपनयन (व्रतबंध) संस्कारपहिले नै गराउनुपर्छ l यस संस्कारलाई शिशुजन्मिएको छ महिनादेखि लिएर सोर्हौं महिनासम्म अथवा तीन, पांच आदि विषम वर्षमा या कुलपरंपरानुसार उचित आयुमा गराउनुपर्दछ l यस संस्कारलाई स्त्री-पुरुषहरुमा पूर्ण स्त्रीत्व एवं पुरुषत्वप्राप्तिको उद्येश्यले गराइन्छ l मान्यता यो पनि छ कि सूर्यको किरणले शिशुको कानको छिद्रबाट प्रवेश पाएर बालक-बालिकालाई तेजले संपन्न बनाउंछ l

 

विशेष गरि बालिकाहरुका लागि आभूषणधारण हेतु तथा रोगहरूबाट बचावका लागि पनि यो संस्कार निकै महत्वपूर्ण मानिएको छ, साथै यो संस्कार आधुनिक एक्युपंचर पद्धतिअनुरूप एक सशक्त माध्यम पनि हो l हाम्रो धर्मशास्त्रहरुमा कर्णवेधरहित पुरुषलाई श्राद्धको अधिकारी मानिएको छैन l ब्राह्मण तथा वैश्यको कर्णवेध चांदीको सियोले, शूद्रको फलामको सियोले तथा क्षत्रियको सुनको सियोले कर्णवेध गर्ने विधान रहेको छ l

 

शुभ समय एवं पवित्र स्थानमा बसेर देवताहरुको पूजन गरेपश्चात् सूर्यको संमुख बालक या बालिकाको कानलाई निम्नलिखित मंत्रद्वारा अभिमंत्रित गराउनुपर्दछ-

 

भद्रं कर्णेभिः श्रृणुयाम देवा भद्रं पश्येमाक्षभिर्यजत्राः l

स्थिरैरंगैस्तुष्टुवां सस्तनूभिर्व्यशेमहि देवहितं यदायुः l l

 

यसपछि क्रमश: बालकको दाहिने कानमा सियोले बिस्तारै छेडि बायाँ कानमा पनि छेड्नुपर्दछ l त्यसपछि ती छिद्रमा बिस्तारै कुंडल आदि आभूषण लगाइदिनुपर्छ l बालिकाको भने पहिले बायाँ कान छेडिसकेपछि अनि त्यसपछि दाहिने कान एवं नाक छेडि आभूषण लगाइदिनुपर्ने विधान रहेको छ l

 

मस्तिष्कको दुबै भागहरुलाई विद्युतको प्रभावबाट प्रभावित बनाउनको लागि नाक तथा कानमा छिद्र गरि सुनको आभूषण लागाउन लाभकारी मानिएको छ l नाकमा सुवर्णनिर्मित आभूषण लगाउनाले नासिका संबंधी रोग नहुने एवं रुघा-खोकी लाग्न पनि कम गर्ने जनविश्वास रहिआएको छ l कानमा सुनको झुमका आदि आभूषण धारण गर्नाले स्त्रीहरुमा मासिकधर्म नियमित हुन्छ तथा यसले हिस्टेरिया रोगलाई पनि केहि हदसम्म रोक्नमा मद्दत गर्छ l

यो पनि पढ्नुहोस्- चूडाकरण संस्कार, महत्व एवं परिचय !